२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बार्सिलोना घरमै काडिजसँग स्तब्ध

एजेन्सी

बार्सिलोना — बार्सिलोनाले ला लिगामा सोमबार काडिजको हातबाट १–० को स्तब्धपूर्ण हार बेहोरेको छ । उसले घरमै बेहोरेको हारले रियल म्याड्रिड लिग उपाधिको अझ नजिक पुगेको छ ।

बार्सिलोना घरमै काडिजसँग स्तब्ध

यो खेल अगाडि काडिज लिग तालिकाको अन्तिम तीनमा थियो । तर, लुकास पेरेजले दोस्रो हाफ सुरु भएलगत्तै गरेको गोलमा प्राप्त जितपछि उसले रेलिगेसन क्षेत्र छाडेको छ ।

डिसेम्बर ४ यता ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो र यससँग उसको १५ खेलको अपराजित यात्रा टुंगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षको रियलभन्दा १५ अंकले पछाडि छ ।

प्रकाशित : वैशाख ६, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?