आईपीएल : मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईलाई हरायो

काठमाडौँ — दक्षिण अफ्रिकाका डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरात टाइटन्सले इन्डिय प्रिमियर लिग (आईपीएल) २०२२ मा आइतबार चेन्नई सुपर किंग्समाथि रोमाञ्चक तीन विकेटको जित दर्ता गरेको छ । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९४ रन बनाए ।

आईपीएल : मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईलाई हरायो

जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याइरहेको गुजरात एक समय चार विकेट गुमाएर ८४ रनको स्थितिमा थियो । यस्तोमा मिलरले छैटौं विकेटका लागि ४० रन बनाएका अफगानिस्तानका रसिद खानसँग ७० रनको साझेदारी गरे ।

त्यस प्रदर्शनको मद्दतले गुजरात एक बलको खेल बाँकी छँदै जितसम्म पुग्न सफल रह्यो । चोटग्रस्त हार्दिक पान्ड्याको स्थानमा कप्तानी गरिरहेका रसिदले क्रिस जोर्डनको १८ औं ओभरमा २५ रन जोडे ।

यसक्रममा उनले तीन छक्का र एक चौका प्रहार गरे । मिलरले भने ५१ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । यो जितपछि १० अंकमा लिग तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

प्रकाशित : वैशाख ५, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?