३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लगातार चौथो जितपछि हैदरावाद चौथोमा

एजेन्सी

मुम्बई — सनराइज हैदरावादले आइतबार इन्डियन प्रिमियर लिगमा राजस्थान पञ्जाव किंग्सलाई सजिलै सात विकेटले पराजित गरेको छ । हैदरावादको यो लगातार चौथो जित हो । यससँगै हैदरावाद टिम चौथो स्थानमा उक्लिन सफल रह्यो ।

लगातार चौथो जितपछि हैदरावाद चौथोमा

उसको कसिकसाउ बलिङ अगाडि पञ्जाव पहिले ब्याटिङ गर्दै २० ओभरमा १ सय ५१ रन बनाएर अलआउट भयो । पञ्जावका लागि लियाम लिभिङ्सनले सर्वाधिक ६० रन बनाए । हैदरावादका लागि उमर मलिकले चार तथा भुवनेश्वर कुमारले तीन विकेट लिए ।

जवाफमा हैदारवादले १८.५ ओभरमा तीन विकेट गुमाएर १ सय ५२ रन बनायो । त्यसमा एडेन मारक्रमले ४१ तथा निकोलस पुरनले ३५ रन बनाए र दुवै नटआउट रहे । यो जितपछि हैदरावादको पनि आठ अंक भएको भने पञ्जाव छ अंकमा सीमित रह्यो ।

प्रकाशित : वैशाख ४, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?