कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईपीएल : लयमा फर्किँदै सनराइजर्स, कोलकाता ७ विकेटले पराजित

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लयमा फर्केको सनराइजर्स हैदराबादले शुक्रबार कोलकाता नाइटराइडर्सलाई सजिलै सात विकेटले पराजित गरेको छ । खराब सुरुवात गरेको सनराइजर्स यो लगातार तेस्रो जित हो ।

आईपीएल : लयमा फर्किँदै सनराइजर्स, कोलकाता ७ विकेटले पराजित

जितका लागि १ सय ७६ रन पछ्याइरहेको सनराइजर्सले १७.५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ७१ र एडेन मारक्रमले ६८ रन बनाए ।उनीहरूले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

यसअगाडि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । उसका लागि नितिश राणाले ५४ र प्याट कमिन्सले ४९ रन बनाए ।

प्रकाशित : वैशाख ३, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?