टेनिस टोली भारत जाने

काठमाडौँ — आईटीएफ वर्ल्ड जुनियर टेनिस कम्पिटिसन (डब्लूजेटीसी) को फाइनल क्वालिफाइङमा नेपालका तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

टेनिस टोली भारत जाने

वैशाख ५ देखि १० सम्म भारतको नयाँ दिल्लीमा हुने यू–१४ उमेर समूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा रामेश्वर थापा छन् । चार सदस्यीय नेपाली लनटेनिस टोली शनिबार त्यसतर्फ जाने छ ।

टिम स्पर्धामा खेल हुनेछ । दुई सिंगल्स र एक डबल्समा खेलाइने छ । गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेस्रो हुँदै नेपालले यो प्रतियोगितामा भाग लिन पाएको हो ।

प्रकाशित : वैशाख २, २०७९ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?