१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

त्रिभुवन आर्मीको तेस्रोपल्ट च्याम्पियन हुने लक्ष्यमा सगरमाथा बाधक 
सुम्निमा चाम्लिङ

इटहरी — सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

निर्धारित ९० मिनेटसम्म गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । सगरमाथाका गोलरक्षक प्रिसोको प्रहार बाहिरिएको थियो भने अशोक खवास, सत्यम शर्मा, आशिष लामा र मिलन राईले गोल गरेका थिए ।

आर्मीको तर्फबाट विकास खवास, टेकबहादुर बुढाथोकी र विवेक बस्नेतमात्र गोल गर्न सफल भए । गौतम श्रेष्ठको प्रहार सगरमाथाका प्रिसोले रोके भने सन्तोष तामाङको प्रहार बाहिरिएको थियो । आर्मीले रोलिङ क्लब धुलाबारीलाई पराजित गर्दै फाइनलमा तय गरेको थियो भने सगरमाथाले मनाङ मर्स्याङ्दी क्लबमाथि जित पाएको थियो ।

दुईपल्ट इटहरी गोल्डकपको ट्रफी उचालेको आर्मीले यसपालि ट्रफीमा ह्याट्रिक गर्न सकेन । घरेलु टोली सगरमाथाले पहिलो सहभागितामै उपाधि जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित टंक बस्नेत भए । उनले यामाहाको फ्यासिनो स्कुटी पुरस्कार पाए । उदीयमान खेलाडी आयोजक जागृति क्लबका मनीष भण्डारी भए । उनले ४२ इन्चको सामसुङ एलइडी टिभी प्राप्त गरे ।

प्रतियोगितामा सर्वाधिक तीन गोल गर्ने मनाङ मर्स्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आभास लामिछानेले जनही नगद १० हजार रुपैयाँ हात पारे । डिफेन्समा आर्मीका विकास खवास, गोलकिपरमा सगरमाथाका प्रिसो, मिडफिल्डरमा आर्मीका सन्तोष तामाङ, फरवार्डमा सगरमाथाका आशिष लामा र प्रशिक्षकमा सगरमाथाका युविन गुरुङले उत्कृष्ट हुँदै जनही १५ हजार रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द फाइनल आर्मीका विश्वास चौधरीले १० हजार रुपैयाँ हात पारे ।

विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कृत गरे ।


प्रकाशित : चैत्र २७, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?