आईपीएल : गुजरातको लगातार तेस्रो जित

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरिरहेको गुजरात टाइटन्सले विजयी यात्रालाई कायम राख्दै शुक्रबार लगातार तेस्रो जित निकाल्न सफल भएको छ । गुजरात यसपल्टको प्रतियोगितामा अपराजित एक्लो टिम रहेको छ ।

आईपीएल : गुजरातको लगातार तेस्रो जित

गुजरातले पञ्जाब किंग्सलाई ६ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । त्यसमा लयमा रहेका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रनको योगदान गरे ।

जवाफमा गुजरातले पूरा २० ओभर उपयोग गरेर चार विकेटमा १ सय ९० रन बनायो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ५९ बलमा ९६ रन बनाएर जितको आधार तयार पारे ।

यो जितपछि गुजरात ६ अंकमा लिग तालिकाको दोस्रो स्थानमा छ । कोलकाता नाइटराइडर्स ६ अंकमै शीर्ष स्थानमा छ भने अर्को नवप्रवेशी लखनउ सुपर जायन्ट्स ६ अंकमा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : चैत्र २६, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?