आईपीएल

मुम्बईको लगातार तेस्रो हार

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) का दुई सफल क्लबमध्ये एक मुम्बई इन्डियन्सको खराब प्रदर्शन बुधबार पनि कायम रहेको छ ।  टिमले लगातार तेस्रो हार बेहोरेको छ । यस अगाडि चेन्नाइ सुपर किंग्स पनि लगातार तेस्रो खेलमा पराजित रहेको थियो ।

मुम्बईको लगातार तेस्रो हार

यसपल्ट कोलकाता नाइटराइडर्सले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवको ५२ रनमा चार विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

त्यसको जवाफमा कोलकाताले १६ ओभरमा ५ विकेट गुमाएर जितका लागि चाहिने १ सय ६२ रन बनायो । त्यसमा सुरुमै वेंकटेश अय्यरले ५० रन बनाए भने अन्त्यतिर प्याक कमिन्सले १५ बलमा आक्रमक ५६ रन बनाए । उनले ६ छक्का र ४ चौका प्रहार गरे

प्रकाशित : चैत्र २४, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?