१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अस्मिता बक्सिङको फाइनलमा

काठमाडौँ — भक्तपुरकी अस्मिता दुवाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट फाइनलमा पुगेकी छन् । भक्तपुरको थिमिमा बिहीबार महिला ५१ केजी तौलको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिताले फाइनल तय गरेकी हुन् ।

अस्मिता बक्सिङको फाइनलमा

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल गुरुङले काभ्रेका राजन तिमिल्सिनालाई पराजित गरी सेमिफाइनलमा स्थान बनाए । ६३ केजी तौलमा रामेछापका मौसम रानामगर र धादिङका सुरेश भण्डारी सेमिफाइनलमा पुगे । मौसमले चितवनका टीकाराम कुमाल र सुरेशले काठमाडौंका नीरज गौतमलाई हराए ।

वैशाख ६ देखि १० सम्म वसन्तपुर डबलीमा हुने गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १७, २०७८ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?