नेपाल टस हारेर ब्याटिङमा


काठमाडौँ — पपुवा न्यु गिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ हार भोगेको नेपाल त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा केन्द्रित छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो खेलमा पीएनजीको सामना गर्दैछ ।

पीएनजीले टस जितेर नेपाललाई ब्याटिङमा बोलाएको छ । नेपालबाट सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, लोकेश बम, कुशल मल्ल, सोमपाल कामी, करण केसी र अविनाश बोहोरा खेलिरहेका छन् ।
नेपाल, पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा एकले अर्को टोलीसँग दुई पटक खेल्ने छ र शीर्ष टोली फाइनल खेल्ने छ ।
नेपालले रोहित पौडेललाई अन्तिम समयमा टोलीमा समावेश गरेको छ । पीएनजीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितले नेपाली खेलाडीकै उच्च स्कोर १ सय २६ रन बनाएका थिए ।
एकदिवसीय शृंखलामा नरहेका करण केसी, अविनाश बोहरा, आसिफ शेख, लोकेश बमलाई ट्वान्टी २० शृंखलामा फिर्ता ल्याइएको छ । दीलिप नाथले २०१८ को एकदिवसीय विश्वकप छनोटपछि पहिलोपटक टोलीमा स्थान पाएका छन् ।
प्रकाशित : चैत्र १४, २०७८ १२:१६