आईपीएल : मुम्बईविरुद्ध दिल्ली विजयी

एजेन्सी

मुम्बई — इन्डियन प्रिमियर लिगको आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ । १० बलको खेल बाँकी छँदै दिल्ली जितसम्म पुगेको थियो ।

आईपीएल : मुम्बईविरुद्ध दिल्ली विजयी

जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको दिल्लीले १८.२ ओभरमा छ विकेट गुमाएर १ सय ७९ रन बनायो । दिल्लीका लागि ललित यादवले सर्वाधिक ४८ रन बनाए र नटआउट रहे । उनले ३८ रन बनाएका अक्षर पटेलसँग सातौं विकेटका लागि निर्णायक ७५ रनको साझेदारी गरे । जुन साझेदारी नै जितको आधार बन्यो ।

ललितले चार चौका र दुई छक्का प्रहार गरे । अक्षरले दुई चौका र तीन छक्का प्रहार गरेका थिए । दिल्लीका लागि पृथ्वी सले ३८ रनको योगदान दिए ।

यसअघि मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान इसान किसनले सर्वाधिक ८१ रन बनाए र नटआउट रहे । उनले ४४ बलको इनिङ्समा ११ चौका र दुई छक्का प्रहार गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले ४१ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

प्रकाशित : चैत्र १३, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?