हेटौंडा मेयर कपको उपाधि क्षितिजलाई

सुवास विडारी

मकवानपुर — फिडे मास्टर क्षितिज भण्डारी हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता च्याम्पियन भएका छन् । प्रतियोगिताको अन्तिम राउण्डमा काठमाडौंका पूर्वनेपाल च्याम्पियन मनिष हमालसँग बराबरी खेल्दै गृहनगरमा भण्डारीले उपाधि जित्न सफल भएका हुन् । उनले उपाधिसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरे । भण्डारीले आफ्नो खातामा कुल ६ अंक जोडेका थिए । 

हेटौंडा मेयर कपको उपाधि क्षितिजलाई

नेपाल खेलकुद महासंघ मकवानपुर र वाग्मती प्रदेश बुद्धिचाल संघको आयोजनामा शुक्रबार र शनिबार हेटौंडामा प्रतियोगिता भएको हो । हेटौंडाकै कृष्ण थापा ५.५ अंकका साथ द्वितीय भए । उनले २५ हजार रुपैयाँ, झापाका प्रकाशचन्द्र नेपाल तृतीय हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा चौथो भएका सुमन श्रेष्ठ र पाँचौ भएका मनिष हमालले समान ५–५ अंक प्राप्त गरे । उनीहरु दुवैले नगद १०/१० हजार रुपैयाँ पाए । रुपेश जैसवाल, राजन सुवेदी, श्रीकृष्ण श्रेष्ठ, सुस्रुत दाहाल, आशीष फुँयाल क्रमश: ६ देखि ११ औं स्थानमा रहे । उनीहरु सबैले समान ७/७ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल तथा नेपाल खेलकुद महासंघ मकवानपुर अध्यक्ष सविन लामाले नगद तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ५४ जना खेलाडी सहभागी थिए ।


प्रकाशित : चैत्र १२, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?