३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हिमालयन शेर्पा विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — वाग्मतीमा बुधबार सुरु छैटौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । शेर्पाले झापाको ध्रुवतारा फुटबल क्लबलाई १–० ले हराएर क्वाटरफाइनल सुरक्षित गरेको हो ।

हिमालयन शेर्पा विजयी

पहिलो हाफको खेल गोलरहित भयो । खेलको सुरुदेखि नै बलमाथि पकड जमाएको ध्रुवताराले १४ औं मिनेटमा कप्तान गिल्सन लिम्बुले गोलकिपरसँग वान टु वानको मौका गुमाएको थियो ।

ध्रुवताराले झन्डै आधा दर्जन गोलको मौका गुमाएको हो । दोस्रो हाफको अधिकांश समय बल ध्रुवताराको पकडमा रहे पनि हिमालयनका लागि खेलको ५७ औं मिनेटमा फ्रिकिकको अवसर पायो । तर खेलाडीको तालमेल नमिलेपछि त्यो उपयोग हुन सकेन ।

खेलको ६७ औं मिनेटमा हिमालयनले अवसर गुमायो । हिमालयनक पिस्टुने मुम्बाको प्रहार गोलकिपरको हातबाट फर्केको थियो । लगत्तै हिमालयनका सुरेश कुमालले गोल गरेका थिए । त्यही गोल नै खेलको निर्णायक बन्यो । दर्शकको मन जिते पनि ध्रुवताराले खेल जित्न सकेन । हिमालयनका सुरेश कुमाल म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे । बिहीबार नेपाल पुलिस क्लब र जनजागृति युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र ३, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?