रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरी क्लब सुपर ४ मा प्रवेश

सन्जु पौडेल

तिलोत्तमा — बुधबारको खेलमा लुम्बिनीले जीआरसीसी क्लबलाई ५७ रनले पछि पार्दै जित हासिल गरेको हो । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरको खेलमा ३३ दशमलब ५ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरी क्लब सुपर ४ मा प्रवेश

लुम्बिनीका तर्फबाट लालबहादुर अधिकारीले ३१ र निश्चल चौधरीले २३ रनको योगदान गरे । बलिङमा जीआरसीसीका सन्दिप सुनारले ४, विनय घर्ती क्षेत्री र लोकेश बलमे समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जीआरसीसीका खेलाडी २९ दशमलब ४ ओभरमै समेटिए । क्लबले ९० रन मात्रै बनायो । उसका लागि लोकेश बमले ६४ र विशाल भुसालले ११ रन बनाए ।

लुम्बिनी खुकुरीका बलर अजय कुमार चौहानले ५, लाल बहादुर अधिकारीले २ तथा साहब आलम, दुर्गेश गुप्ता र धिरज शाहीले समान १/१ विकेट लिन सफल भए । खेलमा अजय कुमार चौहान म्यान अफ द म्याच घोषित भए । बिहीबारको खेलमा बुद्ध क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लब भिड्ने रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले बताए ।

प्रकाशित : फाल्गुन २५, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?