धरान रनमा ४ हजार दौडँदै

कान्तिपुर संवाददाता

सुनसरी — धरान रन समूहको आयोजनमा ‘शिक्षाका निम्ति च्यारिटी दौड’ मूल नाराका साथ शनिबार दसौं ‘धरान १० के रन’ हुने भएको छ । आयोजक धरान रन समूहका अध्यक्ष रोमु राईका अनुसार यस पटकको धरान रनमा ४ हजारभन्दा बढी धावकहरूले दौडन नाम दर्ता गरेका छन् । 

धरान रनमा ४ हजार दौडँदै

उनका अनुसार दौडमा नेपाल, भारत, हङकङ, बेलायत, जर्मन, कतार आदि मुलुकबाट धावक धाविकाहरूको सहभागिता रहने छ । दौडको खुल्ला समूहमा प्रथम, द्वितीय र तृतीय हुने विजयी धावक धाविकाहरूलाई क्रमश: नगद ६० हजार, नगद ५० हजार र नगद ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

१२ वर्षदेखि १६ वर्ष भत्रका, ४० वर्षदेखि माथि भेट्रान समूह र १२ वर्षदेखि मुनिकाहरुले धावक धाविकाले प्रथम द्वितीय तेस्रो पुरस्कार स्वरुप नगद राशि कमश: ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाउने छन् । धरान रनको दसौं संस्करणमा पहिलो पटक ह्विल चेयर रेस पनि हुनेछ ।

प्रकाशित : फाल्गुन २०, २०७८ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?