फिफा र युईएफबाट रुस प्रतिबन्धित

रोयटर्स

लन्डन — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाई सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएको छ । युक्रेनामाथि रुसी आक्रमणको विरोधमा विश्व फुटबलका यी दुई ठूला संस्थाले अनिश्चित समयका लागि रुसमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

फिफा र युईएफबाट रुस प्रतिबन्धित

यो निर्णयपछि यही वर्ष कतारमा हुने विश्वकप र महिलाको युरो २०२० मा रुसले खेल्ने पाउने छैन । युईएफले प्रेस विज्ञप्ति निकाल्दै भनेको छ, ‘फिफा र युईएफले आफू अन्तर्गत हुने सबै खाले प्रतियोगिता चाहे त्यो राष्ट्रिय होस् अथवा क्लब स्तरीय, त्यसबाट रुसको सहभागिता अनिश्चित समयका लागि प्रतिबन्ध लगाएको छ ।’

दुवै संस्थाले युक्रेनमाथि रुसी हमला विश्व खेलकुदको भावनाविरुद्ध रहेको पनि बताएको छ । अब युरोपा लिग अन्तिम १६ मा आरबी लाइपजिगले स्पार्टक मस्कोबाट वाकओभर पाएका मानिने छ । यस्तै, युईएफले रुसी इनर्जी कम्पनी गाजप्रोमसँगको व्यापारिक प्रायोजन पनि रद्द गरेको घोषणा गरेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?