मनाङलाई रोक्दै आर्मी दोस्रो स्थानमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
'ए' डिभिजन लिग

मनाङलाई रोक्दै आर्मी दोस्रो स्थानमा

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन आर्मी  क्लबले सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा दोस्रो स्थानमा टुंग्याउने निश्चित भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दीलाई १–१ को बराबरीमा रोकेको हो ।

यो नतिजापछि आर्मीको २३ अंक भएको छ । मनाङले सुरुवाति अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् ।

उसले ४५ औं मिनेटमा अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । तर खेलको ७६ औं मिनेटमा फ्रायन्कलिन कुएटाले आत्मघाती गोल गरे र यो आर्मीलाई खेल बराबरीमा राख्न पर्याप्त रह्यो । यो नतिजाले मनाङ भने २१ अंकमा सीमित रहेर पाँचौं स्थानमा रह्यो । आर्मीलाई हराएको भए मनाङ दोस्रो स्थानमा उक्लने निश्चित थियो ।

आर्मीलाई भने दोस्रो स्थानमा कायम रहन हार टार्न आवश्यक थियो । शनिबार नै सातदोबाटोमा भएको खेलमा एनआरटीले पुलिसलाई ३–१ ले हरायो र २३ अंकसहित तेस्रो स्थानमा उक्लिन सफल रह्यो । एनआरटीको यस जितमा मेसुके ओलोमोउले ह्याट्रिक गरे । शिव गुरुङको आत्मघाती गोलले पुलिसले अग्रता लिएको थियो । पुलिस १२ अंकमै सीमित रह्यो ।

प्रकाशित : फाल्गुन १४, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्

महोत्तरीमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरभित्र बम जडान गरिएको हुनसक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रणभीम गण जलेश्वरको डिस्पोज टोलीले उक्त शंकास्पद वस्तुलाई खाली ठाउँमा लगेर सुरक्षित तबरले डिस्पोज गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

कोही कसैलाई डर देखाउन वा तर्साउन उक्त वस्तु राखेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ । कसले र किन राख्यो भन्ने विषय खोजबिनकै क्रममा रहेको एसपी पंगेनीले बताए ।

शनिबार बिहान १० बजे मटिहानी नगरपालिका कार्यालय धिरापुरको अगाडि शंकास्पद वस्तु फेला परेको थियो । फेला परको ४ घण्टापछि सेनाले सो वस्तु डिस्पोज गरेको छ ।

नगरपालिकाकै अगाडि किन र कसले भन्ने विषयमा शंकास्पद वस्तु राख्यो भन्ने विषय खोजीको विषय भएको मेयर मण्डलले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७८ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×