ओमानले नेपाललाई दियो सामान्य लक्ष्य - खेलकुद - कान्तिपुर समाचार

ओमानले नेपाललाई दियो सामान्य लक्ष्य 

विनोद पाण्डे

काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा ओमानविरूद्धको तेस्रो स्थानको प्ले अफ खेल जित्न ८८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमानले पुरा २० ओभर खेली ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो ।

ओपनर जतिन्दर सिंहलाई दोस्रो ओभरमा २ रनमा रनआउट गरी नेपालले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । कश्यप प्रजापति ५, शोएब खान ३, मोहम्मद नदिम १ रनमै आउट भए ।

कप्तान जिशान मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बल खेली ३ चौका प्रहार गरे । अयान खान १६ र निशाम खुशी १५ रनमा आउट भए । कलिमुल्लाह एक छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे ।

कप्तान सन्दीप लामिछाने पुन एकपटक नेपालको प्रमुख बलरमा रहे । उनले ४ ओभरमा १३ रनमात्र खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए ।

नेपाल सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएर विश्वकप दौडबाट बाहिरिएको थियो । ओमान पनि आयरल्यान्डसँग अर्को सेमिफाइनलमा सजिलै ५६ रनले पराजित भएको थियो । विश्वकपमा स्थान पक्का गरिसकेका आयरल्यान्ड र यूएई बिहीबार नै फाइनल खेल्दै छन् ।

नेपाली टोलीमा जितेन्द्र मुखियाको स्थानमा सागर ढकाललाई खेलाइएको छ । देव्रेहाते स्पिनरको सागरको ओमान भ्रमणमा यो दोस्रो खेल हो । ओमानसँग चारदेशीय शृंखलबाट सागरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

ओमान भ्रमणमा नेपाल र ओमान तेस्रो पटक आमने सामने हुन लागेका हुन् । दुवै खेल नेपालले जितेको थियो । चारदिवसीय ट्वान्टी–२० शृंखलमा नेपालले फेब्रुअरी ११ मा ओमानलाई ६ विकेटले र फेब्रुअरी १८ मा विश्वकप छनोटको पहिलो खेलमा ३९ रनले पराजित गरेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

भायानेटको अफर :  महिनाको ८ सयमा ७५ एमबीपीएस इन्टरनेट र भायाटीभी 

कान्तिपुर संवाददाता

काठमाडौँ — भायानेटले भायाटीभीसहित मिनी प्याकको नयाँ अफर ल्याएको छ । अब ग्राहकले महिनाको ८ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजसँगै नि:शुल्क भायाटीभी पाउने कम्पनीले जनाएको छ । 

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकलाई लक्षित गरी भायानेटले यो मिनी प्याक उपलब्ध गराएको हो । यस अफरमार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेटको साथसाथै मनोरञ्जनात्मक च्यानलहरूको लाभ लिन सक्नेछन् । भायाटीभीमा १७५ भन्दा धेरै च्यानलहरू, चलचित्र र टेलीश्रृंखलाहरू हेर्न सकिने कम्पनीको दावी छ ।

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित नि:शुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि महिनाको ८ सय रुपैयाँमा यो अफर लिन सक्ने कम्पनीले जनाएको छ । यसबाहेक भायाटीभीको सेट–अप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा छ, जसमार्फत प्रयोगकर्ताले लाइभ टीभी कार्यक्रमहरू पज गरी पछि हेर्ने फाइदा लिन सक्नेछन् ।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो, जसमा २ वटा भायाटीभी पनि उपलब्ध छन् । यसको शुल्क मात्र प्रतिमहिना १२५० रुपैयाा छ ।


प्रकाशित : फाल्गुन १२, २०७८ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×