कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एटलेटिको र म्यानचेस्टर युनाइटेडबीच बराबरी

एजेन्सी

पेरिस — युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले बुधबार एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । एटलेटिकोले आफ्नो घरमा भएको खेलमा जाओ फेलिक्सको गोलले अग्रता लिएको थियो ।

एटलेटिको र म्यानचेस्टर युनाइटेडबीच बराबरी

दोस्रो हाफमा म्यानचेस्टरका लागि एन्थोनी एलान्गाले गोल गरे । अब एटलेटिको म्यानचेस्टरको भ्रमणमा निस्कनेछ र त्यसमा घरेलु टिमलाई अब गोलको फाइदा हुन सक्नेछ ।

बुधबारकै अर्को खेलमा बेनफिका र आयाक्सले २–२ को बराबरी खेलेका छन् । यस नतिजापछि आयाक्सले पनि दोस्रो लेगको खेलमा गोलको फाइदा पाउन सक्नेछ ।

प्रकाशित : फाल्गुन १२, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?