नेपाल ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

विनोद पाण्डे

काठमाडौँ — नेपाल आईसीसी ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानले फिलिपिन्सले दिएको ३७ रनको लक्ष्य १७ बलमै पूरा गरे पनि नेट रनरेटमा नेपाललाई नभेट्ने निश्चित भएको छ । 

पहिलो दुई खेल जितेको नेपालको क्यानडासँगको खेलअघि ४.३७५ रनरेट छ । फिलिपिन्समाथि एकतर्फी विजयी हात पारे पनि सबै ३ खेल खेलेको ओमानको १.६५० रनरेट रहेको छ ।

समूह बी को विजेता र उपविजेता भने निर्क्यौल हुन बाँकी छ ।

समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले ८१ रनको सामान्य लक्ष्य दिएको छ । ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भयो ।

प्रकाशित : फाल्गुन ९, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्

सडेगलेका पाउरोटीबाट कुकिज बनाउने कम्पनीमा प्रहरी छापा

कान्तिपुर संवाददाता

ललितपुर — महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ ।

कम्पनीले बजारबाट फिर्ता भएका मिति गुज्रेका पाउरोटी र कुकिजको धूलो बनाएर फेरि त्यसैको कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ । अनुसन्धानमा संग्लन एक प्रहरीले भने, अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुन: कुकिज बनाएको भेटियो । प्रहरीका अनुसार मिति गुज्रेका पाउरोटीको धूलो बजारमा क्रन्ची चिकेन रोस्ट बनाउन प्रयोग भइरहेको भेटियो ।

गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नर बहादुर श्रेष्ठले नै यो कम्पनि पनि संचालन गर्दै आएका थिए । प्रहरीकाअनुसार श्रेष्ठले संचालन गरेको स्पर्श फुड सहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ ।

प्रहरीले ५४ कार्टुन भेनेगर, ३० कार्टुन क्रसर पाउडर, ७ कार्टुन सुप, ३ सय ८५ बोरा अजिना मोटोलगायतका अखाद्य सामग्री बरामद गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन ९, २०७८ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×