

काठमाडौँ — ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले क्यानडाको ६ विकेट लिएको छ ।

नेपालका लागि कमलसिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिएका हुन् । क्यानडाका ब्याट्सम्यान रायन पठान भने रनआउट भएका हुन् । ऐरीले पहिलो ओभरको ५औं बलमा क्यानडाका म्याथ्यु स्पूर्सलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए । त्यस्तै पाँचौँ भरमा क्यानडाका कप्तान नवनित धालिवाललाई ऐरीले नै लोकेश बमबाट क्याचआउट गराए ।
त्यस्तै अविनाश बोहराले रवीन्द्रपाल सिंहलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराए । त्यस्तै कप्तान सन्दीप लामिछानेले सातौं ओभरको अन्तिम बलमा हाम्जा तारिकलाई एलबीडब्ल्यू आउट गरे । त्यस्तै साद बिन जफर रनआउट भए ।
८ ओभरको समाप्तिमा क्यानडाले ६ विकेटको क्षतिमा ४४ रन बनाएको छ ।
नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह उपविजेता भएर सेमिफाइनल पुगेको हो । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी सेमिफाइनलका लागि बलियो स्थितिमा रहेको छ । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो । ओमानले कमजोर फिलिपिन्ससँग खेल्दैछ ।