टस हारेर क्यानडाविरूद्ध नेपाल फिल्डिङमा- खेलकुद - कान्तिपुर समाचार
ट्वान्टी–२० विश्वकप छनोट

टस हारेर क्यानडाविरूद्ध नेपाल फिल्डिङमा

विनोद पाण्डे

काठमाडौँ — नेपालले क्यानडाविरूद्धको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा पहिले फिल्डिङ गर्ने भएको छ । क्यानडाले ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पर्छ । नेपाली टोलीमा गुलशन झाको स्थानमा कमलसिंह ऐरीलाई ल्याइएको छ । फिलिपिन्सविरुद्ध खेलेको अघिल्लो खेलमा कमललाई आराम दिइएको थियो भने घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको थियो ।

नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह उपविजेता भएर सेमिफाइनल पुगेको हो । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी सेमिफाइनलका लागि बलियो स्थितिमा रहेको छ । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो । ओमानले कमजोर फिलिपिन्ससँग खेल्दैछ ।

प्रकाशित : फाल्गुन ९, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

भरुवा बन्दुक पड्किएर सिकारीको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिकार खेल्न जंगलमा गएका एक युवकको भरुवा बन्दुक पड्किएर सोमबार मृत्यु भएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–९ बोकेलप्सीका २२ वर्षीय दिलबहादुर क्याप्छाकीको सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर लाग्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको जंगलमा भरुवा बन्दुक लिएर सिकार खेल्न गएका क्याप्छाकीको आफ्नै बन्दुक प्रहारबाट मृत्यु भएको हो वा अरुले प्रहार गर्दा मृत्यु भएको भन्नेबारे यकिन नभइसकेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले बताए ।

यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । कालिज, मृग, घोरल, बँदेल, दुम्सी लगायत जंगली जनावरको सिकारमा भरुवा बन्दुकको प्रयोग बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन ९, २०७८ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×