कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
ट्वान्टी–२० विश्वकप छनोट

कमजोर फिलिपिन्सविरूद्ध नेपालको मध्यम सुरुआत

विनोद पाण्डे

काठमाडौँ — कमजोर फिलिपिन्सविरूद्ध नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा मध्यम सुरुआत गरेको छ । फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले ९ ओभरमा २ विकेट गुमाइ ७९ रन बनाएको छ ।

कमजोर फिलिपिन्सविरूद्ध नेपालको मध्यम सुरुआत

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी क्रिजमा छन् । कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका थिए । कुशल भुर्तेलले ३३ बल खेली ९ चौका प्रहार गरी ५३ र दीपेन्द्र १० बलमा ७ रन बनाएर खेलिरहेका छन् ।

नेपालले पुन: एक पटक राम्रो सुरुआत हुन सकेन् । आसिफ शेख दोस्रो ओभरको पहिलो बलमै शून्यमा आउट भए । आफूले सामना गरेको पहिलो बलमै आसिफलाई डानियल स्मिथले एलबीडब्लु आउट गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेको कुशल मल्ल १० बलमा १२ रन बनाई मिगी पोडोस्कीको बलमा आउट भए । कुशल नेपालको १४ सदस्यीय टोलीमा रहेका थिएनन् । तर भेट्रान शरद भेषावकर एङकलको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मौका पाएका कुशललाई शनिबार फिलिपिन्सविरूद्ध सोझै खेल्न दिइएको थियो ।

यसै प्रतियोगितामार्फत ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेको फिलिपिन्सविरूद्ध ओमनले अघिल्लो दिन २ सय १६ रन बनाउँदै खेल १ सय १८ रनले खेल जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १३ र फिलिपिन्स ४७ औं स्थानमा छ ।

नेपालले अघिल्लो दिन ओमानमाथि ३९ रनको महत्त्वपूर्ण विजय हात पारेको थियो । शनिबारको दुवै खेल आफू अनुकूल आएमा समूह ‘बी’ बाट नेपाल सेमिफाइनल पुग्ने छ । त्यसका लागि नेपालले फिलिपिन्सलाई पराजित गर्नु पर्नेछ भने क्यानाडाले ओमानमाथि विजय हात पार्नु पर्नेछ ।

समूह ‘ए’ मा यूएई, आयरल्यान्ड, बहराइन र जर्मनी छन् । सेमिफाइनल जित्ने दुई टोली अस्ट्रेलियामा यसै वर्ष हुने ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्नेछ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?