टस हारेपछि ओमानविरुद्ध नेपालको पहिलो ब्याटिङ- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी–२० विश्वकप छनोट

टस हारेपछि ओमानविरुद्ध नेपालको पहिलो ब्याटिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले टस हारेपछि ओमानविरुद्ध पहिले ब्याटिङ गर्नुपर्ने भएको छ । मस्कटमा चारदेशीय ट्वान्टी–२० शृंखलामा परीक्षणपछि नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेलेर विश्वकप छनोटको यात्रा सुरु गर्न लागेको हो।

ओमानसँगको पहिलो खेलमा नेपालका प्रशिक्षक पुबुदु दासानायकेले शरद भेषावकरलाई प्लेइङ ११ मा स्थान दिएका छैनन् । उनीसँगै सागर ढकाल र गुल्सन झा पनि प्लेइङ ११ मा छैनन् ।

नेपालको प्लेइङ ११ मा सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव र लोकेश बम रहेका छन् ।

यो पनि पढ्नुहोस् :

पहिलो खेल नै सेमिफाइनल आधार

नेपालले पहिलो खेलमै जित हात पार्न सके नै सेमिफाइनल ढोका खुलेजस्तै हुनेछ। नेपालजस्तै ओमानको हकमा यही लागू हुनेछ । पहिलो खेल अर्थात नेपालमाथि विजय हात पारे ओमानको सेमिफाइनल यात्रा लगभग निश्चितजस्तै हुनेछ ।

यस समूहमा रहेको अर्का दुई टोली फिलिपिन्स र क्यानडा हुन् । फिलिपिन्स निकै नवप्रवेशी टोली हो । यो टोलीविरुद्ध खेल्दा सबैको लक्ष्य विजयबाहेक रनरेट बढाउनु हुनेछ । नेपालले फिलिपिन्ससँग शनिबार खेल्नेछ ।

तीन वर्षपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको फिलिपिन्सबाहेक समूह ‘बी’ बाट नेपाल, ओमान, क्यानडामध्ये जुन कुनै टोली पनि सेमिफाइनलको हकदार छन् । त्यसमा नेपाल र ओमानको सम्भावना बढी देखिएको छ ।


प्रकाशित : फाल्गुन ६, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचन सुरक्षामा जुट्दै स्थानीय प्रशासन

ज्योति कटुवाल

सुर्खेत — वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लाको स्थानीय प्रशासन चुनावलक्षित सुरक्षा रणनीति बनाउन जुटेको छ । स्थानीय तहको निर्वाचनलक्षित संयुक्त सुरक्षा रणनीति बनाउन सुर्खेत प्रशासनको आयोजनामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक गरिएको छ ।

सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्लास्थित प्रमुखहरूको उपस्थितिमा सुरक्षाको अवस्था र आगामी रणनीतिका बारेमा छलफल गरिएको हो । सीमामा कोरोना रोकथाम नियन्त्रण प्रतिकार्य, खोप कार्ड अनिवार्य गर्ने, फरार अपराधी पक्राउ अभियान तीव्र पार्नेलगायत निर्णय गरिएको खगेन्द्रप्रसाद रिजालले बताए । उनले प्रशासनसँगै सुरक्षा निकायलाई अतिरिक्त सहयोगका लागि नीतिगत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढंगले अगाडि बढ्ने गरी निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनका अनुसार सीमा क्षेत्रमा हुने ग्रैह्रकानुनी क्रियाकलापलाई ६ वटै जिल्लाको समन्वयमा नियन्त्रण गर्न आवश्यक रहेको औल्याइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा र सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आगामी सुरक्षा योजना प्रस्तुत गरेका थिए । उनीहरूले विपद्का घटनाहरूसँग समन्वय, लागूऔषध ओसारपसार र सूचना आदानप्रदान गर्न बैठक महत्वपूर्ण भएको जनाएका छन् । समन्वय बैठकले अन्तर जिल्लास्तरीय सुरक्षा, विपद्का घटनाहरूमा समन्वय र अपराधका घटनालाई न्यूनीकरण गर्न सबै सुरक्षा निकायको सक्रियताबारे छलफल गरेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७८ ११:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×