१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चेल्सीले जित्यो क्लब वर्ल्डकप

एजेन्सी

आबुधाबी — चेल्सीले ब्राजिलको पाल्मेरियासलाई अतिरिक्त समयमा पराजित गर्दै शनिबार पहिलो पल्ट क्लब वर्ल्डकप जितेको छ । काइ हाभरटेजले १ सय १७ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले चेल्सी २–१ ले विजयी रह्यो ।

चेल्सीले जित्यो क्लब वर्ल्डकप

रुसी धनाद्य रोमन अब्रामोभिचले क्लबको स्वामित्व किनेयता चेल्सीले क्लब वल्र्डकप जितेको यो पहिलो पल्ट हो । हाभरटेजले पेनाल्टीबाट गोल गरेका हुन् । चेल्सीले रोमेलु लुकाकुको गोलले अग्रता लिएको थियो ।

तर, पाल्मेरियासका लागि राफेल भिएगाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए । खेलको अन्त्यमा पाल्मेरियास १० खेलाडीमा सीमित भएको थियो । उसका डिफेन्ड लुआन गार्सियालाई रातो कार्ड देखाइएको थियो ।

प्रकाशित : फाल्गुन १, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?