२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ए डिभिजन लिग : मनाङ र थ्री स्टारबीच बराबरी

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार मनाङ मर्स्याङ्दी र थ्री स्टारले १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई फाइदा गर्ने छैन । दोस्रोमा रहेको मनाङको यो नतिजापछि १० खेलबाट २० अंक भएको छ ।

ए डिभिजन लिग : मनाङ र थ्री स्टारबीच बराबरी

यो शीर्ष स्थानमा रहेको मछिन्द्रसँग छ अंकको दूरी हो । यो नतिजाले डिफेन्डिङ च्याम्पियन मछिन्द्रको उपाधि यात्रा अझ सजिलो भएको छ । मनाङसामु जितसँगै मछिन्द्रसँगको दूरी घटाउने अवसर थियो ।

थ्री स्टार भने १७ अंकमा चौथो स्थानमा रह्यो । जितसँगै थ्री स्टार तेस्रो स्थानमा उक्लिने अवसर थियो । दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगेपछि मनाङका लागि ६२ औं मिनेटमा दयानन्द सिंहले गोल गरे ।

मनाङको यो अग्रता लामो समय टिकेन र थ्री स्टारका लागि ऋतिककुमार खड्काले ७२ औं मिनेटमा बराबरी गोल फर्काए । यस अगाडि मछिन्द्रले च्यासललाई २–० ले हराएको थियो । यस्तै अर्को खेलमा सातदोबाटोले पुलिसलाई १–० ले पराजित गरेको थियो ।

प्रकाशित : माघ २९, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?