कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रियल छ अंकले अगाडि

एजेन्सी

म्याड्रिड — मार्को एसेन्सिओले गरेको एक मात्र गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा ग्रेनेडालाई १–० ले हराएर स्पेनी ला लिगाको शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ ।

रियल छ अंकले अगाडि

ग्रेनेडाले तेर्साएको बलियो चुनोतीलाई तोड्दै रियलले खेल सकिन १७ मिनेट अगाडि मात्र गोल गरेको हो । करिम बेन्जेमासँगै आफ्ना चार प्रमुख खेलाडीबिना मैदानमा उत्रेको रियलका लागि यो जित ठूलो राहत बनेको छ ।

रियलका प्रमुख प्रतिद्वन्द्वीले अन्य खेलमा अंक गुमाएको स्थितिमा तर यो जितले उसको उपाधि यात्रा अझ सजिलो बनेको छ । दोस्रो स्थानमा रहेको सेभियाले ओसासुनासँग बराबरी खेलेको थियो भने तेस्रो स्थानको रियल बेटिस घरमा भिल्लारियलविरुद्ध २–० ले पराजित रह्यो ।

यसअघि बार्सिलोनाले भने एटलेटिको म्याड्रिडलाई ४–२ ले हराएको थियो । रियलको २३ खेलबाट ५३ अंक रहेको छ । सेभिया ४७ अंकमा दोस्रो स्थानमा छ ।

प्रकाशित : माघ २४, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?