पहिलो हाफमा नेपाल र मोरिससबीच गोलरहित बराबरी

काठमाडौँ — दशरथ र्गशालामा भइरहेको नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । नेपालले गोल गर्ने २ वटा राम्रो अवसर पाए पनि उक्त अवसरलाई सदुपयोग गर्न सकेन ।

पहिलो हाफमा नेपाल र मोरिससबीच गोलरहित बराबरी

कोरोना महामारीका कारण दशरथ रंगशालामा नेपाल र मोरिससको खेल हुँदा एकतिहाइ (करिब ५ हजार) दर्शकहरूलाई मात्रै प्रवेश अनुमति दिइएको थियो ।

गत अक्टोबर १६ मा भारतविरूद्धको फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रिएको हो। मोरिसस भने दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलका लागि उत्रिएको हो ।

एसियन कप २०२३ छनोट (तेस्रो चरण) को तयारीमा नेपालले हिन्द महासागरको एउटा द्वीप मोरिससको टिमलाई निम्त्याएको हो ।

प्रकाशित : माघ १५, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?