कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

दीपक परियार

पोखरा — ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लबलाई हराउँदै एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा बुधबार मछिन्द्र ३–१ ले स्तब्ध हुँदा एपीएफले २० औं आहा–रारा गोल्डकपको फाइनल उडान भरेको हो । 

आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

यसअघि २०६४ मा एपीएफ अर्को विभागीय टोली पुलिस क्लबसँग २–० ले फाइनलमा पराजित भएको थियो । एपीएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले गोल गरे ।

सुरुआतदेखि नै आक्रामक खेलेको एपीएफले २५ औं मिनेटमा अग्रता लिन सकेको थियो । मणि लामाको फ्रिकिकमा सनिसले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएका थिए । ४० औं मिनेटमा मछिन्द्रका आमोलजा नुरेन करिमले गोल गर्दै बराबरी बनाए । प्रदीपले ६८ औं मिनेटमा गोल गरेर २–१ को स्थिति बनाए । गोलकर्ता करिमले रेफ्रीसँग विवाद गरेपछि ७१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाए । रेफ्री नवीन्द्र महर्जनले उनलाई मैदान बाहिर पठाएपछि मछिन्द्र १० खेलाडीमा सिमित भयो । जसको फाइदा उठाउँदै एपीएफका कप्तान नवीन लामाले इन्ज्युरी समयको पाँचौं मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे । खेलमा एपीएफका प्रदीप प्लेयर अफ दी म्याच भए ।

बिहीबार मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच दोस्रो सेमिफाइनल हुने छ । उक्त खेलको विजेतासँग मनाङ शनिबार फाइनलमा भिड्ने छ ।

प्रकाशित : माघ १२, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?