सुपर लिग : तीन नयाँ टिम

काठमाडौँ — फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको दोस्रो संस्करणमा १० टिमले सहभागिता जनाउने भएका छन् । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टका अनुसार यसपल्टका प्रतियोगिताबाट तीन नयाँ टिम थपिएको छ ।

यसपल्टको प्रतियोगिता भने चैतको अन्तिम साताबाट सुरु हुनेछ । यसअघि पहिलो संस्कणको प्रतियोगितामा सात टिम सहभागी थिए र काठमाडौं रेजर्सले त्यसको उपाधि जितेको थियो ।

यस्तै दोस्रो संस्करणका दुई खेल सहरमा हुनेछन्, काठमाडौं र पोखरामा । यसअघि काठमाडौंमा मात्र प्रतियोगिता भएको थियो । थपिएका तीन टिमका लागि खेलाडीको लिलामी पनि गरिने छ ।


प्रकाशित : माघ १२, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?