कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

दुई फरक खेलका लागि अलगअलग टिम घोषणा

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बुधबार नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई फरक खेलका लागि दुई अलगै टिम बनाएका छन् । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने पहिलो खेल शनिबार हुनेछ ।

मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

दोस्रो खेल मंगलबार हुनेछ । मैत्रीपूर्ण खेललाई लिएर प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘म खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव दिन चाहन्छु । यसले भविष्यमा थप बलियो टिम बनाउन मद्दत गर्नेछ । यस्तै यस्ता मैत्रीपूर्ण खेलबाट बहुमूल्य अनुभव पनि बटुल्न सकिन्छ । यी दुई खेलमा नतिजा भन्दा पनि प्रदर्शन प्रमुख रहनेछ ।’

पहिलो खेलका लागि घोषित टिममा किरण लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौत्तम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुजर ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डांगी, अञ्जन विष्ट, आशिष लामा, दर्शक गुरुङ, विमल घर्तिमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिशरत्न छेन्जु र जगजित श्रेष्ठ छन् ।

दोस्रो खेलका लागि घोषित टिममा किरण लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, अनन्त तामाङ, आकाश राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ छन् ।

प्रकाशित : माघ १२, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?