कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रशिला सातौं स्थानमा

काठमाडौँ — राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै जारी गरेको विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुगेकी छन् ।

रशिला सातौं स्थानमा

जुनियर महिला एकलतर्फ १९ औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ माथिल्लो स्थानमा पुग्ने पहिलो नेपाली महिला खेलाडी भएकी छन् । नेपाल ब्याडमिन्टन संघले रशिला विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्नसफल भएकोमा बधाई ज्ञापन गर्दै अझ मिहिनेत गरेर अगाडि बढ्न प्रेरित गरेको छ ।

संघले नेपाली ब्याडमिन्टन खेलाडीले एकपछि अर्को सफलता प्राप्त भएको जनाउँदै त्यसलाई कायम राख्न र अरू खेलाडीको स्तर उकास्न संघ सदा अग्रसर रहने विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालका अर्का उदीयमान खेलाडी प्रिन्स दाहाल हालै पुरुष जुनियर एकलतर्फ विश्व वरीयताको पहिलो नम्बरमा पुगेका थिए ।

प्रकाशित : माघ १२, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?