मरिससविरुद्धको खेल दर्शकसहित

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र मरिससबीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । एन्फाले मंगलबार जनाएअनुसार दशरथ रंगशालाको क्षमताको एक तिहाइले मात्र प्रवेश पाउनेछन् ।

मरिससविरुद्धको दुई खेल शनिबार र मंगलबार हुनेछ । सरकारले जारी गरेको स्वास्थ्य आचारसहिंतालाई पालन गरेर दर्शकलाई प्रवेश गर्न दिन लागेको हो । दुवै खेल फ्लड लाइट्समा साँझ पौने पाँचमा हुनेछन् ।

एन्फाले त्यस खेलका लागि टिकटको मूल्य पनि निर्धारण गरेको छ र त्यस अनुसार सामान्यतर्फ पाँच सय र भीआईपीएर्फ हजार रुपैंया टिकट मूल्य हुनेछ । मैत्रीपूर्ण खेलका लागि मरिससको टिम काठमाडौं आइसकेको छ ।

प्रकाशित : माघ ११, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?