कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ग्लोबल ट्वान्टी-२० छनोटका प्रशिक्षण सुरु

काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितापछि टोली ग्लोबल छनोटको लक्ष्य राख्दै नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणका लागि मैदानमा फर्किएको छ ।

ग्लोबल ट्वान्टी-२० छनोटका प्रशिक्षण सुरु

आईसीसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।

ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सञ्चालन गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकाले प्रशिक्षणमा समावेश छैनन् । छनोट खेलका बिगबासमा रहेका कप्तान सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।

ग्लोबल छनोट खेल्नुअघि नेपालले ओमानमा चार देशीय ट्वान्टी-२० शृखंला खेल्नेछ । शृखंलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र यूएईले प्रतिस्पर्धा गर्ने छन् । शृखंला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रुपमा हेरिएको छ । शृखंलाअन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रुअरी ११ मा खेल्दै छ । यस्तै दोस्रो खेल यूएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको सुरुवात गर्नेछ । फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानाडासँग खेल्नेछ ।

समूह ‘ए’अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । यस्तै समूह १ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसबाट फाइनल प्रवेश गर्ने दुवै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अस्ट्रेलियामा हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकपको लागि छनोट हुनेछन् ।

प्रकाशित : माघ १०, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?