सिटीको जित यात्रामा साउथह्याम्पटनको अवरोध

लन्डन (एएफपी) — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको १२ खेलको जित यात्रामा शनिबार पूर्णविराम लागेको छ । सिटीलाई साउथह्याम्पटनले १–१ को बराबरीमा रोकेको हो । उसका लागि आयमेरिक लापोर्टेले बराबरी गोल फर्काए ।

सिटीको जित यात्रामा साउथह्याम्पटनको अवरोध

यसअघि सेन्ट मेरिजमा भएको खेलमा साउथह्याम्पटनले केली वाल्करको गोलले अग्रता लिएको थियो । वाल्करको माथिल्लो डिभिजनमा यो पहिलो गोल हो । दोस्रो हाफमा डिफेन्डर लापोर्टेले बराबरी गोल गरेका हुन् ।

सिटी ५७ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ र यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि १२ अंकको अग्रता हो । सिटीको तुलनामा लिभरपुलले दुई खेल भने कम खेलेको छ ।

साउथह्याम्पटन भने २५ अंकमा १२औं स्थानमा छ । शनिबारकै अन्य खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई २-१, न्युकासल युनाइटेडले लिड्सलाई १–० र म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई १–० ले हरायो ।

प्रकाशित : माघ ९, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?