कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लिभरपुल लिगकप फाइनलमा

एएफपी

लन्डन — डिएगो जोटाको दुई गोलको मद्दतले लिभरपुलले बिहीबार आर्सनललाई २–० ले पराजित गर्दै लिग(काराबाओ) कपको फाइनल यात्रा तय गरेको छ । उपाधिको भिडन्तमा अब लिभरपुलले चेल्सीको सामना गर्नेछ । इमिरेट्समा प्राप्त दोस्रो लेगको यस जितसँगै लिभरपुल समग्रमा दुई गोलले अगाडि रह्यो ।

लिभरपुल लिगकप फाइनलमा

एनफिल्डमा भएको पहिलो लेगको सेमिफाइनल गोलरहित बराबरीमा टुंगेको थियो । अब योर्गन क्लोपको लिभरपुलले फेब्रुअरी २७ मा वेम्बलीमा हुने फाइनलमा चेल्सीसँग खेल्नेछ । अफ्रिकी कप अफ नेसन्सका कारण दुई प्रमुख खेलाडी मोहमद सलाह र साडियो मानेलाई गुमाएको लिभरपुलका लागि पोर्चुगाली खेलाडी जोएटाले प्रभावशाली भूमिका निभाए ।

उनले १९ र ७७ औं मिनेटमा गोल गरे । अन्तिम पटक सन् २०१२ मा लिगकप उचालेको लिभरपुल सन् २०१६ यता यस प्रतियोगिताको फाइनलमा पुगेको हो । सन् २०१५ मा लिभरपुल आएयता क्लोपका लागि यो पाँचौं कप फाइनल हो । हारले यस सिजन आर्सनलले कुनै पनि उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।

प्रकाशित : माघ ७, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?