कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सहारालाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा

दीपक परियार

पोखरा — आयोजक सहारा क्लबलाई २–० ले हराउँदै एपीएफ क्लब २० औं आहा रारा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । दर्शकविहीन पोखरा रंगशाला फुटबल स्टेडियमको उद्घाटन खेलमा बिहीबार एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले समान १ गोलको योगदान दिए । आभाषले खेलको १४औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । 

सहारालाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा

सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टोलीमा भने सामञ्जस्यको अभाव स्पष्ट देखियो । जसको फाइदा उठाउँदै एपीएफका लागि खेलको ६० औं मिनेटमा एपीएफका प्रदीप लामाले अर्को गोल थपे । खेलमा एपीएफका नवीन लामा म्यान अफ दी म्याच बने ।

२ गोलको मद्दतले एपीएफले सहाराविरुद्ध उद्घाटन खेलमा जितको ह्याट्रिक बनायो । यसअघि ०७५ को उद्घाटन खेलमा एपीएफले सहारालाई टाइब्रेकरमा र गतवर्ष उद्घाटन खेलमै १–० ले हराएको थियो । एपीएफले अब माघ ८ गते अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

क्लबले कोरोना महामारीलाई मध्यनजर राख्दै दर्शकका लागि टिकट बिक्री गरेको छैन । प्रयोजक, अफिसियल र सञ्चारकर्मीलाई मात्रै राखेर खेल खेलाइएको छ । क्वार्टरफाइनल सुरु हुँदासम्म कोरोनाको अवस्था हेरेर टिकटबारे क्लबले निर्णय गर्नेछ ।

प्रकाशित : माघ ६, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?