कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

कान्तिपुरकर्मी हिमेश सम्मानित
दीपक परियार

पोखरा — फुटबलर अञ्जन विष्टलाई पोखराको सहारा क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी-२०७८ बाट पुरस्कृत गरेको छ ।

विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा रंगशालामा बिहीबारदेखि सुरू भएको २०औं आहा-रारा गोल्डकपको उद्घाटन समारोहमा उनलाई पुरस्कृत गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३५ हजार रूपैयाँसहित विष्टलाई सम्मान गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गरेकोले उनलाई पुरस्कृत गरिएको सहारा क्लबका अध्यक्ष हरिराम गुरूङले बताए ।

उद्घाटन समारोहमै क्लबले कान्तिपुरकर्मी हिमेशरत्न बज्राचार्यलाई 'विशेष सम्मान' प्रदान गरेको छ ।

आहा-रारा गोल्डकपको दुई दशक यात्राको फेहरिस्त समेटिएको पुस्तक 'सहारा'को लेखन, सम्पादन र प्रकाशनमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो । उक्त पुस्तकको विमोचन एन्फा अध्यक्ष शेर्पाले गरेका थिए ।

प्रकाशित : माघ ६, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?