कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एकदिवसीय शृंखला

दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हरायो

काठमाडौँ — दक्षिण अफ्रिकाले बुधबार पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हराएको छ । जितसँगै दक्षिण अफ्रिकाले ३ एकदिवसीय शृंखलामा १–० को अग्रता बनाएको छ । 

दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हरायो

२९७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ८ विकेट गुमाएर २६५ रन मात्र जोड्न सफल भयो । भारतका लागि शिखर धवनले सर्वाधिक ७९ रन बनाए । ८४ बल सामना गरेका उनले १० चौका प्रहार गरेका थिए । त्यस्तै ६३ बल सामना गरेका विराट कोहलीले ३ चौकाको सहयोगमा ५१ रन बनाए । कोहली र धवनले ९२ रनको साझेदारी गरेका थिए ।

शार्दुल ठाकुरले नटआउट ५१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तानको जिम्मेवारी सम्हालेका केएल राहुलले मात्र १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एन्गिडी, तबरेज सशाम्सी र एन्डिले फेसुक्वायोले २–२ विकेट लिए । त्यस्तै केशव महाराज र एडेन मारक्रमले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बावुमाले ११० रन बनाए । त्यस्तै रासी वान डर डुसेनले नटआउट रहँदै १२९ रन बनाए । ९६ बल सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

भारतका लागि जसप्रीत बुमराहले २ र रविचन्द्रन अश्विनले १ विकेट लिए ।

दोस्रो एकदिवसीय खेल शुक्रबार र तेस्रो आइतबार हुँदैछ ।

प्रकाशित : माघ ६, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?