१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पुलिसलाई हराउँदै एपीएफले जित्यो पीएम कपको उपाधि

काठमाडौँ — एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफले पुलिसले २१ रनले हराएको हो ।

पुलिसलाई हराउँदै एपीएफले जित्यो पीएम कपको उपाधि

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको विजयी लक्ष्य पाएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनायो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए । ५४ बल सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै दिलिप नाथ २३, आरिफ शेख १२र अनिल साह १० रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्रै खर्चिएका थिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दीपक बोहराले १/१ विकेट लिए ।

यसअघि एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाएका थिए । १५ बलमा ३ छक्का र २ चौका प्रहार गरेका उनले नै एपीएफको रन उकासेका थिए । त्यस्तै लोकेश बमले २७ रन बनाउँदै सन्दीप जोरा र भुवन कार्कीले क्रमश: २४ र १७ रन बनाए ।

पुलिसका लागि सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । त्यस्तै गुल्सन झाले २ विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।


प्रकाशित : माघ ५, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?