१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राष्ट्रिय महिला हक्की वीरगन्जमा सुरु

भूषण यादव

वीरगन्ज — चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता मंगलबार वीरगन्जको आदर्शनगर खेल मैदानमा सुरु भएको छ । पहिलो दिन भएका दुई खेलमा नेपाल आर्मी र सुदूरपश्चिम टिम विजयी भएका छन् ।

राष्ट्रिय महिला हक्की वीरगन्जमा सुरु

पहिलो खेललमा आर्मीले मधेस प्रदेशलाई ५–० गोलले पराजित गरेको छ । खेलको ११ औं मिनेटमा आर्मीकी कमला चन्दले गोल गर्दै अग्रता दिलाइन् । सीतामाया बलले दुई गोल गरिन् । थप गोल गर्नेमा सीमा खड्का र निलिमा पाण्डे थिए ।

अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशमाथि ३–० को जित निकाल्यो । सुदूरपश्चिमबाट सबै गोल ममता भट्टले गरेकी थिइन् । उनले खेलको १३ औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । उनी नै वुमन अफ द म्याच घोषित भइन् ।

राष्ट्रिय महिला हक्कीमा आर्मी, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, प्रदेश १ र मधेस प्रदेश गरी ६ टोलीको सहभागिता छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको आयोजकले जनाएको छ ।

प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फ सर्वाधिक गोलकर्ता, रक्षक, गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् । स्पर्धामा ८ निर्णायक प्रयोग हुनेछन् । यही प्रतियोगिताबाट राष्ट्रिय टोलीका छनोट गरिने नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित : माघ ४, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?