कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियन ओपनमा ओसाका विजयी

एएफपी

मेलबर्न — स्पेनिस राफेल नडालले वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस अस्ट्रेलियन ओपनमा सोमबार सानदार सुरुआत लिएका छन् ।

अस्ट्रेलियन ओपनमा ओसाका विजयी

विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचको प्रवेशाज्ञा रद्दको घटनाक्रमका कारण मैदानबाहिरको चर्चामा सीमित प्रतियोगिता अब भने कोर्टमा सुरु भएको छ ।

महिलातर्फ डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकाले पनि विजयी सुरुआत लिएकी छन् । जोकोभिचको अनुपस्थितिमा कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा रहेको नडालले ६६ औं वरीयताका अमेरिकी मार्कोस गिरोनलाई ६–१, ६–४, ६–२ ले पराजित गरे ।

महिलातर्फ जापानकी ओसाकाले कोलम्बियाकी मारिया क्यामिला ओसोरियोलाई सजिलै ६–३, ६–३ ले हराइन् । सन् २०२१ मा मानसिक दबाबका कारण धेरै समय नेखेलेकी ओसाका अहिले १३ औं वरीयतामा छिन्।

प्रकाशित : माघ ३, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?