१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ए डिभिजन लिग : सोमबार एनआरटीले जावलाखेलको सामना गर्दै

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार दशरथ रंगशालामा एक खेल हुनेछ । सोमबार एनआरटीले जावलाखेलको सामना गर्नेछ र त्यसमा दुवैसामु जितसँगै स्थिति सुधारको मौका हुनेछ ।

ए डिभिजन लिग : सोमबार एनआरटीले जावलाखेलको सामना गर्दै

नवौं चरणको यस खेलसँग लिग एक महिनाको विश्राममा जानेछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुलिस र च्यासलबीचको खेल रद्द गरेको थियो । नवौं चरणको यो खेल अब पछि हुनेछ ।

एनआरटी आठ खेलबाट १० अंकमा छ र आठौं स्थानमा रहेको छ । जावलाखेल भने समान आठ खेलबाट आठ अंक नै जोडेर दसौं स्थानमा छ । दुई टिमबीच लिगमा भएका पछिल्ला चार खेलमा एनआरटी दुईमा विजयी रहेको छ भने दुई खेल बराबरीमा टुंगेको छ ।

प्रकाशित : माघ ३, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?