कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रियल म्याड्रिडले जित्यो स्पेनी सुपरकप

काठमाडौँ — रियल म्याड्रिडले आइतबार साउदी अरेबियामा एथलेटिको बिलबाओलाई  २–० ले हराएर स्पेनी सुपरकप जितेको छ । रियलको जितमा लुका मोडरिच र करिम बेन्जेमाले पेनाल्टीबाट गोल गरे ।

रियल म्याड्रिडले जित्यो स्पेनी सुपरकप

कार्लो एन्सेलोटी दोस्रो पटक प्रशिक्षक भएयता रियलले जितेको यो पहिलो उपाधि हो । मोडरिचले पहिलो हाफको अन्त्यतिर गोल गरे भने बेन्जेमाको गोल दोस्रो हाफको सुरुमा सम्भव भएको थियो ।

एथलेटिकोले सेमिफाइनलमा एटलेटिको म्याड्रिडलाई हराएको थियो, किंग फहाद स्टेडियममा भएको खेलमा रियलविरुद्ध बलियो चुनौती पेस गर्न असफल रह्यो । रियल आफ्ना पछिल्ला २० खेलमध्ये एकमा मात्र पराजित रहेको छ ।


प्रकाशित : माघ ३, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?