कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महेन्द्र माविलाई भलिबल उपाधि

हेटौंडा — मकवानपुर जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले जितेको छ । हेटौंडा उपमहानगर–४ हुप्रचौरमा सम्पन्न फाइनलमा थाहा नगरको सुन्दरीदेवी माविलाई २५–२१, २५–२३, २५–१६ को सोझो सेटमा हराएको हो । महेन्द्रले २५ हजार र सुन्दरीदेवीले १५ हजार रुपैयाँ पुरस्कार पाए । 

उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भए । उत्कृष्ट स्पाइकरमा सुन्दरीदेवीका प्रकाशबहादुर चन्द र उत्कृष्ट सेटर महेन्द्रकै प्रकाश थापामगर चुनिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरद्वारा आयोजित प्रतियोगितामा जिल्लाका १९ विद्यालयको सहभागिता थियो ।


प्रकाशित : माघ २, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?