भिल्लाले रोक्यो म्यानचेस्टरलाई

एजेन्सी

लन्डन — फिलिपे कोउटिन्होले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेडलाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ ।

भिल्लाले रोक्यो म्यानचेस्टरलाई

भिल्ला पार्कमा भएको खेलमा म्यानचेस्टरले ब्रुनो फर्नान्डेसको दुई गोलको मद्दतले सुरुआती अग्रता लिएको थियो ।

ज्याकोब राम्सीले भिल्लाका लागि एक गोल फर्काएपछि कोउटिन्होले ८१ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि म्यानचेस्टर ३२ अंकमा सातौं स्थानमा रह्यो भने भिल्लाको २३ अंक भएको छ र १३ औं स्थानमा उक्लेको छ । ब्राजिली खेलाडी कोउटिन्होले यसै खेलबाट भिल्लाका लागि डेब्यु पनि गरे ।

शनिबारका अन्य खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १–०, नरविचले एभरटनलाई २–१ र उल्भ्सले साउथह्याम्पटनलाई ३–१ ले पराजित गर्‍यो । न्युकासल युनाइटेड र वाटफोर्डबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।

प्रकाशित : माघ २, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?