प्रिन्स चुनिए ब्रान्ड एम्बासडर

काठमाडौँ — विश्व जुनियर ब्याडमिन्टन वरीयताको एक नम्बरमा पुगेका नेपाली खेलाडी प्रिन्स दाहाललाई योनेक्स नेपालका लागि ब्रान्ड एम्बासडरमा चयन गरेको छ ।

प्रिन्स चुनिए ब्रान्ड एम्बासडर

ब्याडमिन्टन खेल सामग्री उत्पादक योनेक्सको नेपाली आधिकारिक वितरक इनासका प्रोपाइटर राजु बास्तोलाले प्रिन्सलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडरमा चयन गरेको बताए । संस्थाले प्रिन्सलाई २ लाखसहित वरीयताको शीर्षस्थानमा पुगेकामा सम्मान गरेको थियो ।

प्रिन्सले ब्रान्ड एम्बेसडर भएवापत एक वर्षसम्म आवश्यक योनेक्सका सम्पूर्ण सामग्री प्रयोग गर्नेछन् भने हाललाई एसियाली देशहरूमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा हवाई टिकट खर्च बेहोर्ने बास्तोलाले जानकारी दिए।

प्रिन्स केही दिनअघि विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको वरीयताक्रममा जुनियरतर्फ नम्बर एकमा पुगेका थिए ।

प्रकाशित : माघ १, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?