कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

शुक्र सेन्ट्रल ओपन च्याम्पियन

काठमाडौँ — शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । शुक्र गोकर्ण गल्फ क्लबमा शुक्रबार एक ओभर ७३ स्कोर गर्दै ७२ होलको कोर्समा कुल १० अन्डर २ सय ७८ को कार्ड बनाएर च्याम्पियन बने ।

शुक्र सेन्ट्रल ओपन च्याम्पियन

उनले रवि खड्कालाई एक स्ट्रोकले पछाडि पारे । सूर्य नेपाल गल्फ टुर २०२१–२२ को तेस्रो इभेन्टमा शुक्रको यो दोस्रो उपाधि हो । दुई साताअघि उनले गृहनगर धरानमा सूर्य नेपाल इस्टर्न ओपन जितेका थिए । उनले अघिल्लो दिनको खेल समाप्तिमा रवि र भुवन नगरकोटीमाथि ६ स्ट्रोकको अग्रता लिएका थिए ।

अन्तिम दिन चार अन्डर ६८ खेलेका रविले ९ अन्डर २ सय ७९ को कार्ड बनाए । इभन पार ७२ खेलेका भुवन नगरकोटी ६ अन्डर २ सय ८२ को स्कोर बनाउँदै तेस्रो भए । शुक्रले १ लाख ३५ हजार, रविले ८८ हजार र भुवनले ६५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

सुवास तामाङ ४ अन्डर २ सय ८४ अंकसाथ चौथो भए । एमेच्योरतर्फको उपाधि जितेका सुवासले अन्तिम दिन इभन पार ७२ को स्कोर बनाए । एमेच्योरमै दोस्रो स्थानमा रहेका सद्भाव आचार्य ५ अन्डर २ सय ९३ को कार्ड बनाउँदै समग्रमा सातौं स्थानमा रहे । नेपाल प्रोफेसनल गल्फर्स संघले सूर्य नेपालको प्रायोजनमा गरेको प्रतियोगितामा व्यावसायिकतर्फ ३९ र एमेच्योरमा १९ गल्फरले भाग लिएका थिए । विजयी खेलाडीलाई सूर्य नेपालका सहायक ब्रान्ड म्यानेजर नवीन सरोज र आयोजक संघका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरेका थिए ।

प्रकाशित : माघ १, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?