कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
'ए' डिभिजन लिग

आज संकटा र थ्री स्टार भिड्दै

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा शनिबार दुई खेल हुनेछन् । त्यसमध्ये सबैभन्दा महत्त्वको खेल हुनेछ– संकटा र थ्री स्टारबीच । यो खेलको नतिजाले अंक तालिकाको शीर्ष चारमा रहने टिमको निर्णय हुन सक्नेछ ।

आज संकटा र थ्री स्टार भिड्दै

अहिलेसम्म अपराजित संकटा आठ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार भने समान आठ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा छ । यसअघि दशरथ रंगशालामा हुने खेलमा आर्मीले फ्रेन्ड्सको सामना गर्नेछ ।

आर्मी आठ खेलबाट १४ अंकसहित चौथो स्थानमा छ । फ्रेन्ड्स भने रेलिगेसनबाट बच्न संघषरत छ र उसको आठ खेलबाट तीन अंक मात्र रहेको छ ।

प्रकाशित : माघ १, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?