कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्ट्रेलियाद्वारा दोस्रो पटक जोकोभिचको भिसा रद्द

काठमाडौँ — अस्ट्रेलिया सरकारले दोस्रो पटक टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । आप्रवासन मन्त्री एलेक्स हकले व्यक्तिगत अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेका हुन् ।

अस्ट्रेलियाद्वारा दोस्रो पटक जोकोभिचको भिसा रद्द

मन्त्री हकको निर्णयसँगै सोमबारदेखि सुरु हुने १०औं अस्ट्रेलियन ओपन टेनिसमा सहभागी नहुने सम्भावना बढेको छ । यदि जोकोभिच मन्त्रीको निर्णयविरुद्ध अदालत गएनन् भने उनले तुरुन्तै अस्ट्रेलिया छोड्नुपर्नेछ । जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएको बताइएको छ ।

मन्त्री हकले आप्रवास ऐनको धारा १३३सी(३) बमोजिम स्वास्थ्यमा आधार रहेर जोकोभिचको भिसा रद्द गरेको बताएका छन् । यसअघि जनवरी १० मा संघीय अदालतले जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय खारेज गरेको थियो ।

मन्त्री हकले अस्ट्रेलियन बोर्डर फोर्स र जोकोभिचले उपलब्ध गराएको सूचनाका आधारमा निर्णय लिएको दाबी गरेका छन् ।

सम्बन्धित समाचार

जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय अस्ट्रेलियाली अदालतले उल्टायो

प्रकाशित : पुस ३०, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?